ताजा समाचार

२३ मतदाता रहेको डोल्पाको फोदगाउँ केन्द्रमा मतदान सम्पन्न

डोल्पा, १० मंसिर । उपल्लो डोल्पामा पर्ने फोद गाउँमा रहेको मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । जम्मा २३ जना मतदाता रहेको यो केन्द्रमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

६६ मतदात रहेको डोल्पामा अहिलेसम्म ६४ मतदान केन्द्रमा मतदान भइरहेको छ । बाँकी दुईवटा केन्द्रमा भने अहिलेसम्म सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिएका छन् ।

उपल्लो डोल्पाका घेराङ र कलाङ मतदान केन्द्रमा अहिलेसम्म सम्पर्क हुन नसकेको हो । मतदान सुरू भएका ६४ मतदान केन्द्रमा साढे एक बजेसम्म ३५ प्रतिशत मत खसेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org