ताजा समाचार

चुनावपछि ढाल्ने होईन, कसैले हल्लाउन नसक्ने स्थायी सरकार बन्छः ओली

काठमाडौं, १० मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि बलियो सरकार बन्ने बताएका छन् । चुनावपछि वाम गठबन्धको बहुमत आउँने दाबी गर्दै त्यो बहुमतले कसैले पनि ढाल्न नसक्ने सरकार बन्ने दाबी गरे ।

काठमाडौंको बौद्धमा आइतबार भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले बहुमत मात्रै होइन, भिजन भएको बलियो सरकार बन्ने बताए । ‘ढाल्ने होइन, हल्लाउन नसक्ने सरकार बन्छ,’ उनले भने, ‘मिलिजुली बाँडीचुँडी खान होइन, देश बनाउन एक भएका हौं ।’

ओलीले कांग्रेसले बनाएको चुनावी गठबन्धन लोकतान्त्रिक नभएको आरोप लगाए । ‘त्यो दक्षिणपन्थी गठबन्धन हो,’ उनले भने, ‘वास्तविक लोकतान्त्रिक गठबन्धन हाम्रो हो, प्रगतिशील गठबन्धन हो । लोकतान्त्रिक हुन्थ्यो भने एमाले र माओवादी केन्द्र मिल्दा किन डराउनुपर्थ्यो ।’

चुनावपछि अधिनायकवाद होइन, देशद्रोही र भ्रष्टचारीका दिन नआउने ओलीको भनाइ थियो । ओलीले दलाई लामाले ‘गौतम बुद्ध भारतमा जन्मेको’ भनेर बोल्नै नहुने कुरा बोलेको बताए । ‘नेपालीले लगाएको गुन बिर्सेर, नेपालको राष्ट्रियतामा धक्का दिनुभयो,’ उनले भने, ‘यसमा अन्तर्राष्ट्रिय षड्यन्त्र लुकेको छ, कोचले सिकाएर उनले त्यस्तो बोलेका हुन् ।’ दलाई लामाले यस गल्तीलाई सच्याउने उनको अपेक्षा गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org