ताजा समाचार

पेरिसमा खुल्यो फ्रान्सको पहिलो नग्न रेष्टुरेन्ट, के के गर्न पाईन्छ ?

 

एजेन्सी, १० मंसिर । फ्रान्सको राजधानी पेरिसमा पहिलो नग्न रेष्टुरेन्ट सञ्चालमा आएको छ । नग्न व्यक्तिहरुलाई खाना खुवाउने रेष्टुरेन्ट पहिलो पटक सञ्चालनमा आएको हो । यो रेष्टुरेन्टमा प्रवेश गर्नुअघि ग्राहकले ढोकामै सम्पूर्ण कपडा खोल्नुपर्ने हुन्छ ।

फ्रान्समा यसअघि नै सैयौँ समुद्री किनार, स्पा सेन्टर र क्याम्प साइटहरुमा नांगै बस्न अनुमति दिइएको छ। तर नोभेम्बर महिनाको सुरुमा पेरिसमा नग्न रेष्टुरेन्ट खुलेको हो । ‘ओ’नेचुरेल’ नाम दिइएको सो रेष्टुरेन्टमा एक पटकमा ४० जनालाई डिनर गर्न मिल्छ।

रिजर्भेसन गराएका ग्राहकले मात्रै त्यहाँ प्रवेश पाउँछन्। र त्यहाँ डिनर मात्रै गर्न दिइन्छ। डाइनिङ रुममा प्रवेश गर्नुअघि ग्राहकलाई ढोकैमा कपडा र मोबाइल छोड्न लगाइन्छ। ग्राहकलाई रेष्टुरेन्टभित्र चप्पल लगाउन दिइन्छ। यद्यपि महिलाहरुले हिल भने लगाउन पाउँछन्।

रेष्टुरेन्टमा ४० प्रतिशत ग्राहक महिला रहेको सञ्चालकहरुले बताएका छन्। डिनरको मूल्य ३५ डलरभन्दा माथि राखिएको छ। सो कोठालाई सडक तथा अन्य घरहरुबाट नदेखिने गरी पर्दा लगाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org