ताजा समाचार

पाकिस्तानका कानूनमन्त्रीको राजीनामापछि हिंसात्मक प्रदर्शन बन्द

इस्लामाबाद, ११ मंसिर । पाकिस्तानको कानूनमन्त्री जहिद हमिदले राजीनामा दिएका छन् । इस्लामिक कट्टरपन्थी प्रदर्शनकारीहरुले लगातार रुपमा गरेको हिंसात्मक प्रर्दशनको कारण उनले राजीनामा दिएका हुन् । पाकिस्तानको राजधानी इस्लामाबादमा इस्लामिस्ट प्रदर्शनकारी र सुरक्षाबलबीच गत एक हप्ताभन्दा बढी हिंसात्मक प्रर्दशन जारी रहेको थियो ।

देशलाई द्वन्द्वबाट बाहिर निकाल्नको लागि हमिदले आफ्नो राजीनामा पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीसमक्ष दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, राजीनामाको विषयमा विस्तृत विवरण भने दिइएको छैन् ।

इशको निन्दा गरेको आरोप लगाउँदै इस्लामिक कट्टरपन्धी संगठनले एक हप्ताभन्दा बढी समययता हमिदको राजीनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए । हमिदले आइतबार अबेर राति राजीनामा दिएका हुन् ।

हमिदको राजीनामापछि ११ दिनसम्म जारी रहेको हिंसात्मक प्रदर्शन रोकिएको छ । राज्यद्वारा सन्चालित टेलिभिजन च्यानल पिटिभीले पनि मन्त्रीको राजीनामाको समाचार प्रशारण गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org