ताजा समाचार

आखिर कसरी बनाइन्छ सेक्स रोबोट ? थाहा पाउँदा के होला ?

एजेन्सी, ११ मंसिर । यतिबेला रोबोटले विश्व बजार तताईरहेको छ । जटिल किसिमका कार्य गर्नेदेखि लिएर सामान्य समस्याको पनि समाधान गर्न रोबोटको नै प्रयोग भईरहेको छ । हुँदाहुँदै मानिसहरुको प्राकृतिक प्रक्रिया सेक्सको प्यास मेटाउने माध्यम पनि रोबोट नै बनिरहेको छ । यो सेक्स रोबोट विश्वको सबैभन्दा विवादित विषय बनिरहेको छ ।

आफ्नो परिचय दिनासाथै ‘आइ लभ यू’ भन्ने सम्यान्था नामक सेक्स रोबोटले लामो समयसम्म विश्वको ध्यान केन्द्रित गराएको थियो । सुन्दर सुनौलो कपाल र नीलो आँखाका कारण सम्यान्थाले जुनसुकै पुरुषको मन लोभ्याउन सक्ने बताइएको थियो । तर समान्थ्या बच्चाहरु र परिवारका साथै बस्ने खबर आएपछि भने जताततै यसबारे चर्चा भएको थियो । उनलाई इन्जिनियर सेर्गी सैन्टोसले बनाएका हुन् ।

तिनै सेर्गीले आफ्नो कारखाना भित्रका तस्बिरहरु सार्वजानिक गर्दै सेक्स रोबोट कसरी तयार पारिन्छन् भन्नेबारे जानकारी दिएका छन् । बेलायतका टिभी सञ्चालकले उनको सो कारखानाको भ्रमण गरी रिपोर्ट तयार पारेका थिए । उनले बनाएका सेक्स डलको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको तिनीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्सका साथ निर्माण गरिनु हो, जसको अर्थ तिनीहरुले हाम्रो कुरा बुझ्ने देखि लिएर जवाफ समेत दिन सक्छन् ।

उनको सो कारखानाको चारैतिर तिनै डलहरुको टाउको, हात, कपाल र अन्य शरीरका भागहरु छरिएका थिए । यी सबै रोबोटहरुलाई सकेसम्म वास्तविक मानिसको रुप दिने प्रयास गरिन्छ । यी रोबोटको छालाका भित्र सेन्सरहरु लगाइएका हुन्छन् जसकारण उनीहरुलाई हामीले छुँदा प्रतिक्रिया दिने गर्छन् । यसबाहेक यिनका शरीर पनि लचिलो र जतापनि फर्काउन मिल्ने बनाइएको हुन्छ ।

यसलाई तपाईले सजिलै बोकेर जतापनि लैजान सक्नुहुनेछ । चाहेमा यिनीहरुसँग कुरा समेत गर्न सकिन्छ । खबरका अनुसार यस्ता सेक्स डलको उद्योगले हरेक वर्ष २३ बिलियन यूरोको कमाई गर्ने गरेको छ । सेर्गीले बनाएको एउटा सेक्स डलको मूल्य मात्र ४ लाख रहेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org