ताजा समाचार

मध्यरातमा कांग्रेस नेता सिटौलाको घरमा बम विस्फोट, घरमा सामान्य क्षति

झापा, १२ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फोट भएको छ । अज्ञात समूहले गएराति करिब १ बजेतिर झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा विस्फोट गराइएको प्रहरीले जनाएको छ। घरको पछाडि भागबाट बम फ्याकेको बताइएको छ।

घरमा सामान्य क्षति भएको छ। झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका सिटौला घरमै थिए। ठूलो क्षति पुर्‍याउन नभर्इ तर्साउन मात्र बम विस्फोट गराइएको हुन सक्ने प्रहरीको भनार्इ छ। प्रहरीका अनुसार घरमा सुलती बम प्रहार गरिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org