ताजा समाचार

सप्तरीमा शक्तिशाली टाइम बम सेनाद्धारा निस्कृय, दुई व्यक्ति रिमोटसहित पक्राउ

सप्तरी, १२ मंसिर । सप्तरीमा शक्तिशाली बम नेपाली सेनाले निस्कृय पारेको छ । नेपाली सेनाको टोलीले आज बिहान प्रेसर कुकरमा निर्माण गरिएको रिमोट बम निस्कृय गरेको हो ।

भीम दल गणको टोलीले सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय रञ्जितपुर नजिक बम निस्कृय गरेको हो। सोमबार मध्यरात बम फेला पारी मंगलबार बिहान सप्तरीको राजविराज–कुनौली सडकखण्डस्थित सीमा सुरक्षा कार्यालय सप्तरी नजिक बम निस्कृय गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

सप्तरी प्रहरीले पाएको गोप्य सूचनाको अधारमा नहर चोक नजिक शंकास्पद दुई जनालाई चेकजाँच गर्दा अत्याधुनिक रिमोट फेला परेपछि ती दुवैलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान शुरु गरेको थियो।

रिमोट फेला परेको केही घण्टामा नहर चोक नजिकबाटै शक्तिशाली बम बरामद गरिएको थियो। पक्राउ परेका दुई जनाको विवरण भने गोप्य राखिएको छ। बमसँगै दुई किलो आरडिएक्स (विष्फोटक पदार्थ) समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org