ताजा समाचार

चुनावी सभाको लागि भन्दै बानेश्वर चोक वाम गठबन्धनको कब्जामा

काठमाडौं, १२ मंसिर । वाम गठबन्धनले यतिबेला काठमाडौंको मुटु मानिएको बानेश्वर चोकमा कब्जा जमाएका छन् । चुनावी सभाका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनका कार्यकर्ताले बानेश्वर चोकमा कब्जा जमाएका हुन् ।

वाम गठबन्धनको अहिले हुन लागेको सभाका लागि भन्दै गठबन्धनका कार्यकर्ताले बानेश्वरचोकबाट उत्तरतिर जाने बाटोमा मोटरसाइकलसमेत चल्न नदिएपछि थापागाउँ तथा पुरानो बानेश्वर जानेलाई समस्या भएको छ । बानेश्वर चोकमा नै सभाको तयारी भइरहेकाले तिनकुने र बबरमहलसम्मकै सडकमा पनि गाडी जानमा फसेका छन् ।

वाम गठबन्धनले काठमाडौं क्षेत्र नम्बर १ को चुनावी सभा बानेश्वरमा गर्न लागेको हो । सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, एमाले वरिष्ट नेता माधव कुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org