ताजा समाचार

लोकसेवाद्धारा शाखा अधिकृत पदको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, १२ मंसिर । लोक सेवा आयोगले शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको छ । मंगलबार लोक सेवा आयोगले सूचना प्रकाशित गरी शाखा अधिकृत तहको नतिजा सार्वजनिक गरेको हो । खुला तर्फको विभिन्न सेवाका लागि २०२ पदसंख्यामा बिज्ञापन माग गरेको आयोगले अन्तरवार्तामा उपस्थित २९३ उम्मेदवार मध्ये २०२ को नाम प्रथम सूचि र वैकल्पिक सूचिमा ५८ जनाको नाम प्रकाशित गरेको छ ।

अस्थायी योग्यताक्रमको सूचिमा ३३ जनाको नाम प्रकाशित गरेको छ । महिलाको पहिलो सूचिमा ५३ जना सिफारिस गरेको आयोगले वैकप्ल्पिक सूचिमा २० जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी आदिवासी जनजातिको सूचिमा आयोगले ४७ जना र वैकल्पिक सूचिमा १९ जनाको नाम प्रकाशित गरेको छ ।

मधेशी तर्फ ३७ जनाको नाम पहिलो सूचिमा प्रकाशित गरेको आयोगले वैकल्पिक सूचिमा १८ जनाको नाम प्रशाशित गरेको छ । त्यस्तै, दलिततर्फ १६ र वैकल्पिकमा ८ जनाको नाम सिफारिस गरेको छ ।

अपांग कोटामा ६ जना प्रथम सूचिमा प्रकाशित गरेको छ र ४ जनाको नाम वैकल्पिक सूचिमा राखेको छ । भने पिछडिएको क्षेत्रतर्फ ७ जना सिफारिस गरेको छ र ६ जनाको नाम वैकल्पिक सूचिमा राखेको छ ।

नतिजा हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org