ताजा समाचार

चुनावी सभामा बम पड्किएपछि ओलीले भने, बम पड्काउनेले खोजेको के हो ?

ललितपुर, १२ मंसिर । वाम गठबन्धनले ललितपुरको लगनखेलमा चुनावी सभा गरिरहेका बेला बम पड्किएको छ । वाम गठबन्धनका नेता केपी शर्मा ओलीले सम्बोधन गर्दै गर्दा बम पड्किएपछि कार्यक्रममा सहभागीहरु त्रसित भएका छन् ।

आफूले बोलिरहँदा बम पड्केपछि एमाले अध्यक्ष समेत रहेका ओलीले कडा प्रतिक्रिया दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले बम पड्काउनेहरुले खोजेको के हो ? आफूले नबुझेको बताए ।

‘बम पड्काउनेहरुलाई मेरो प्रश्न छ, निर्वाचन नभएर के हुनुपर्ने ? खेदिएको राजा फर्काएर राख्नुपर्ने कि ?’, ओलीले प्रश्न गरे, ‘कि बम पड्काउनेलाई नै राजा बनाउनुपर्ने ? के का लागि बम पड्काएको होला ? कहीँ नपुग्ने विनाशको बाटो हो यो, बन्द गरौँ यो बमको खेति ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org