ताजा समाचार

त्रिशुलीमा यात्रुबाहक बस खस्दा ६ जनाको मृत्यु, उद्धारकार्य जारी

काठमाडौं, १३ मंसिर । त्रिशुलीमा यात्रुबाहक बस खस्दा ६ जनाको ज्यान गएको छ । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको नमस्ते अर्घाखाँचीको लु२ख २९१ नम्बरको बस पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको हो ।

केही यात्रुको जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने कोशिस भइरहेको प्रहरीले जनाएको छ । बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ। मृतक कसैको पनि सनाखत हुन सकेको छैन । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

प्रहरीको अनुसार ६ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने १५ जना बढीको उद्धार गरिएको छ। उद्धारकार्यका लागि मुग्लिन, जोगिमारा र गजुरीबाट प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली घटनास्थल तर्फ पुगिसकेको छ। बसलाई निकाल्ने प्रयास भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org