आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री भीमसेनदास प्रधान
काठमाडौँ, १३ मंसिर । रक्षामन्त्री तथा नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदसय उम्मेदवार भीमसेनदास प्रधानले आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिइने बताउनुभएको छ । चुनावी अभियानका क्रममा सो क्षेत्रका वुद्धिजीवी, प्राध्यापक र शिक्षकसँग आज अन्तक्र्रिया गर्दै मन्त्री प्रधानले देशलाई भष्ट्राचारमुक्त बनाउने अभियानमा आफ्नो प्रयास सदैव जारी रहने बताउँदै भन्नुभयो, ‘‘सुशासन, समृद्धि, स्थायी सरकार र भ्रष्टाचारको अन्त्य काँगे्रसको प्रमुख एजेण्डा हो, त्यसका लागि म प्रतिबद्ध छु ।’’
उहाँले सडक मर्मत गर्ने, आफ्नो क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार र स्तरोन्नति गर्दै विद्यार्थीको विकासका लागि मिलेर काम गर्ने, प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको जानकारी दिनुभयो । नेता प्रधानले विसं २०७० को संविधानसभा निर्वाचनमा नेकपा९एमाले०का उम्मेदवार योगेश भट्टराईलाई परााजित गर्नुभएको थियो । यस पटक यहाँ वाम गठबन्धनका तर्फबाट भक्कु सुवेदी प्रतिस्पर्धामा हुनुहुन्छ छ । क्षेत्र नं ६ मा करिब ५८ हजार मतदाता छन् । रासस
Comments
अरु समाचार
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे...
-
राष्ट्रपति भने-चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ
काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...