ताजा समाचार

अज्ञात समूहद्धारा कैलालीमा वाम गठबन्धनका उम्मेदवारको निजी गाडीमा आगजनी

धनगढी, १४ मंसिर । कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी गरिएको छ । कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका हुन् ।

वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो ।

आगजनीबाट जीपको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले जानकारी दिए । आगजनी कसले गर्यो भन्नेबारे थाहा हुन सकेको छैन । आगजनी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको एसपी घिमिरेले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org