ताजा समाचार

दक्षिण कोरियाको यस्तो लिंग पार्क, सेल्फी खिच्न युवतीहरुको घुईचो

एजेन्सी, १४ मंसिर । दक्षिण कोरियाको सिनाम पार्क अहिले संसारभर चर्चामा रहेको छ । झट्ट हेर्दा निकै अनौठो लाग्ने उक्त पार्कमा लिंगको आकृतिमा ढालिएका अलग अलग स्मारकहरु देख्न सकिन्छ । करिब तीनसय लिंगको आकृतिमा ढालिएका स्मारकहरु सन २००७ देखि सञ्चालनमा आएको हो ।

युवतीहरुलाई कुमारी अवस्थामा खुसी झल्काउन पार्क निर्माण गरीएको हो । देश विदेशी पर्यटकको घुइचो लाग्ने उक्त पार्क । दक्षिण कोरियाली लोककथालाई आधारमा निर्माण गरिएको हो ।

दक्षिण कोरियाली लोककथाका अनुसार हुनेवाला बेहुलीलाई नदीको किनारमा छाडेर युवक माछा मार्न जान्छन, त्यतिनै बेला ठुलो हावा हुरी चल्छ र त्यो हावाको बेगले हुतीएर नदीमा परि मृत्यु हुन्छ ।

कुमारी अवस्थामा रहेकी युवतीको मनमा अनेक उमंग र उत्साह हुन्छन्, जसले उनको मृत्युसँगै अमरत्व प्राप्त गर्छन । त्यसैलाई दक्षिण कोरियामा कुमारी अवस्थाको खुसी भन्ने गरिएको छ ।

यही युवतीको झल्काउन पार्क निर्माण गरिएको हो । पार्कमा लिंगको आकारका तोप, लिंगजस्तो जिब्रो भएको मानव आकृति, गमलामा रोपिएका लिंग आकृतिका बोटबिरुवा आदि रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org