ताजा समाचार

१० किलोभन्दा बढी अवैध सुनसहित बालाजु बाइपासबाट एकजना पक्राउ

काठमाडौं, १६ मंसिर । बालाजु बाइपासबाट १० किलो अवैध सुनसहित १ जना पक्राउ परेका छन् । रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउँदै गरिएको १० किलो भदा बढीको अवैध सुन बालाजु बाइपासबाट बरामद भएको हो ।

काठमाडौं प्रहरी परिसरले बालाजु बाइपासबाट शनिबार साँझ सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुनसहित पक्राउ गरेको हो । उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर अवैध सुन काठमाडौं भित्र्याउँदै थिए ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले सुन बरामद भएको पुष्टि गरे । उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ सिंगो सुरक्षा संयन्त्र निर्वाचन सुरक्षामा केन्द्रित भएका बेला तामाङले चीनको केरुङ नाका हुँदै सुन काठमाडौं भित्र्याउँदै थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org