ताजा समाचार

गएराति दाङको भालुवाङमा कांग्रेस नेतृ मञ्जु खाँणमाथि आक्रमण

बुटवल, १७ मंसिर । नेपाली कांग्रेसकी नेतृ मञ्जु खाँणमाथि आक्रमण भएको छ। चुनावी अभियानका क्रममा सुदुरपश्चिम पुगेर फर्किने क्रममा खाँणमाथि शनिबार राति दाङको भलुवाङमा आक्रमण गरिएको हो। केही युवाहरुको समूहले उनी चढेको गाडीमा अन्धाधुन्ध लाठी र ढुगां प्रहार गरेका थिए।

आक्रमणबाट खाँण घाइते भएकी छन् भने गाडीका सिसा फुटेका छन्। नेतृ खाँणको टोली दाङको लमहीमा खान खाएर बुटवलतर्फ आउँदै गर्दा केही युवाहरुपछि लागेका र जंगल क्षेत्रमा पुगेपछि आक्रमण गरेको बताईएको छ। नेपाली कांग्रेसको जित निश्चित भएको देखेर विपक्षीहरु अत्तालिएर आफूमाथि आक्रमणमा उत्रिएको खाँणले आरोप लगाएकी छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org