ताजा समाचार

कैलालीबाट ओलीलाई जवाफ दिँदै देउवाले भने, ‘अबको प्रधानमन्त्री पनि मै हुँ’

कैलाली, १७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि आफू नै प्रधानमन्त्री हुने दाबी गरेका छन् । कांग्रेसले बहुमत ल्याउने भन्दै प्रधानमन्त्री देउवाले त्यसपछि पनि आफै प्रधानमन्त्रीबन्ने दाबी गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार कैलालीमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रधानमन्त्री देउवाले भने, कांग्रेसको बहुमत आउँछ । कांग्रेसको नेतृत्वमा सरकार बन्छ, सरकारको नेतृत्व म गर्छु ।”

निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने उल्लेख गर्दै देउवाले २१ गतेको चुनाव सम्पन्न भएपछि गणतन्त्र कार्यान्वयन हुने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org