ताजा समाचार

गगन थापाको घरदैलो कार्यक्रममा बम विस्फोट, थापासहित पाँच जना घाइते

काठमाडौं, १८ मंसिर । काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापको घरदैलो कार्यक्रममा बम विस्फोट भएको छ । सोमबार बिहान चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको प्रहरीले जनाएको छ।

घटनामा उम्मेदवार थापासहित पाँच जना घाइते भएका छन्। घाइते थापासहित पाँचै‌ं जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको थापाको सचिवालयले जनाएको छ ।

प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बम हान्नेहरुको खोजी भैरहेको बताउँदै थापासहितका घाइतेलाई अस्पताल ल्याइएको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org