ताजा समाचार

के घरबेटीले तुरुन्तै घर खाली गर्न भनेका छन् ? हो भने अब नआत्तिनुस् !

काठमाडौं, १८ मंसिर । के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? यदि हो भने नआत्तिनुस् । कानूनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन । आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी  ऐनमा घरबहालसम्बन्धी नयाँ कानूनको व्यवस्था गरिएको छ । जसअनुसार अब घरबलेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएर पुग्दैन ।

घरबेटीले लिखित सूचना दिएको ३५ दिनसम्म सोही घरमै बसेर अर्को व्यवस्था गर्न सकिन्छ । आफैलाई घर आवश्यक भएमा बहालमा बसेकाहरुलाई घरधनीले हटाउन सक्छन् । तर, तीन महिनासम्म अरुलाई भाडामा दिन नपाइने र दिनैपरे बहालमा रहेको बहालमा लिनेमध्ये पहिलो प्रथामिकतामा पर्नुपर्ने व्यवस्था देवानी कानूनको दफा ४४२ को उपदफा ४ मा उल्लेख छ ।

मासिक १० हाजरभन्दा बढी भाडा भए लिखित सम्झौता

कानूनतः मासिक १० हजार रुपैयाँसम्मको घर बहालमा लिनरदिन बहाल लिने व्यक्तिसँग लिखित सम्झौता गर्नुपर्दैन । घर बहालको अवधि पाँच वर्षसम्म हुन सक्ने छ । तर, त्यसपछि बहालमा लिनेरदिने व्यक्तिले आवश्यकताअनुसार सहमतिमा पटक–पटक समय थप गर्न सक्नेछन् । औद्योगिक वा व्यवसायिक प्रयोजनका लागि घर बहालमा लिने व्यक्तिले त्यस्तो घरको सुरक्षाका लािग घरको बिमा गराउनुपर्ने व्यवस्था छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org