ताजा समाचार

बम विस्फोटबाट घाइते भएका गगन थापाले अस्पतालबाटै भने, ‘म संयोगले बँचे’

काठमाडौं, १८ मंसिर । बम आक्रमणमा परी घार्इते भएका गगन थापाले हिंसात्मक घटनाबाट आतंकित नहुन सबैमा आग्रह गरेका छन् । सोमबार काठमाडौंको चपली हाइटमा आफूमाथि गरिएको बम प्रहारबाट आतंकित नहुन सबैमा आग्रह गरेका हुन् ।

बम आक्रमणबाट घाइते भएका थापाले महाराजगञ्जस्थित शिक्षण अस्पत्तालबाट सञ्चारकर्मीसँग कुरा गर्दै आफ्ना मतदाताहरुलार्इ यस्ता घटनाहरुबाट विचलित र आतंकित नहुन आग्रह गरेका हुन् । घटनामा उनीसँगै ११ जना घाइते भएका छन् । उनले आफूमाथि योजनाबद्ध रुपमा चुनावी प्रचारलार्इ समेत प्रभावित बनाउनको लागि बम आक्रमण गरिएको भन्दै उनले यसमा मतदाता आतंकित बन्न नहुने बताएका हुन् ।

उक्त घटनाबाट आफु संयोगले बचेको भन्दै थापाले भने, ‘घरदैलो निर्धारित समयभन्दा ढिला सुरु भएकाले जुलुसलाई अगाडि तान्नु पर्‍यो भनेर म र एक जना साथी अगाडि बढेका थियौं । त्यसैले म बचेँ । अरु साथीहरु पर्नुभयो ।’ विस्फोट आफूलाई लक्षित गरेर नै भएको हुनसक्ने उनले बताए । एक घन्टा ढिलो घरदैलो सुरु भएको भन्दै उनले भने, ‘लुजुसलाई छिटो लैजान पाइला अघि छिटो चालेकाले म संयोगले बचेँ । तर, मेरो पछाडिको पङ्ती पर्‍यो ।’

http://news-nepal.com/691545/

http://news-nepal.com/6911652-2/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org