ताजा समाचार

कैलालीमा टेलिसेन्टर स्थापना हुने :सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत

कैलाली १८ मंसिर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कैलालीमा अत्याधुनिक टेलिसेन्टर स्थापना गरिने बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सञ्चारकर्मीको सुझवका आधारमा सूचना केन्द्रका रुपमा रहने टेलिसेन्टरको स्थान तोकिने जानकारी गराउनुभयो ।

कर्मचारीसहित पाँच कम्प्युटर र अत्याधुनिक भवन रहने टेलिसेन्टरको स्थापनाले आमजनता र सञ्चारकर्मीलाई सूचनामा पहुँच र सम्प्रेषणमा सहजता हुने बताउँदै उहाँले बेलायती सेनाले नेपाल सरकारलाई उपलब्ध गराएको ‘माइ प्लेयर’ उपकरण पनि कैलालीमा स्थापना गरिने उल्लेख गर्नुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org