ताजा समाचार

राजबल्लभले अमेरिकामा गरे प्रेमिकासँग बिहे

काठमाडौं, १८ मंसिर । नायक राजबल्लभ कोइरालाले बिवाह गरेका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नायक तथा साहित्यकार राज बल्लभ कोइराला प्रेमिका प्रतिमा बिमलीले बिवाह गरेका हुन् । उनीहरुले डिसेम्वर ३ तारिख आइतवारका दिन बिवाह गरेका हुन् । प्रतिमा जीव चिकित्सा अभियन्ता ९बायो मेडिकल इन्जिनियर० हुन ।

उक्त बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त, नातेदारसँग शुभचिन्तक, साहित्यकार, समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो । चलचित्र ‘हाइवे टु धुम्पुस्’को सुटिङको शिलसिलामा अमेरिका पुगेका राजबल्लभ अहिले अमेरिकामै आइटीको काम गर्छन् । ‘पर्खि बसें’ बाट नेपाली चलचित्रमा अभिनय सुरु गरेका राजबल्लभले पहिलो पहिलो माया, छोडी गए पाप लाग्ला, राघब लगायतका फिल्ममा काम गरेका राजबल्लभले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org