ताजा समाचार

चिकित्सा इतिहासमा पाठेघर प्रत्यारोपण गरेकी महिलाले पहिलो पटक बच्चा जन्माईन्

एजेन्सी, १८ मंसिर । अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरेकी एक महिलाले अमेरिकामा बच्चा जन्माएकी छन् । पाठेघर प्रत्यारोपण गरेकी महिलाबाट पहिलो पटक बच्चा जन्मिएको अमेरिकाको टेक्सासमा रहेको द बेइलर स्कट एण्ट ह्वाइट मेडिकल सेन्टर अस्पतालले पुष्टि गरेको छ ।

यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठुलो उपलब्धि भएको भनी चिकित्सा क्षेत्रका व्यक्तिहरुले बताएका छन् । सो अस्पतालले एक्काइसौं शताब्दीमा प्राप्त चिकित्सा क्षेत्रका केही उपलब्धि मध्येको एक उपलब्धिका रुपमा प्रत्यारोपण गरिएको गर्भाशयबाट बच्चा जन्मिएको भनी आफ्नो ट्वीटर अकाउन्ट मार्फत सार्वजनिक गरेको छ ।

ती महिलाले बच्चालाई जन्म दिएको भिडियो नै सो ट्वीटर अकाउन्टमा राखिएको छ । सो अस्पतालले सन् २०१६ को सेप्टेम्बरमा चार महिलामा गर्भाशय प्रत्यारोपण गराएको थियो । ती मध्ये एक जना महिलाको मात्र प्रत्यारोपण सफल भएको थियो । तिनै महिलाले बच्चा जन्माएकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org