ताजा समाचार

आफ्नै बहिनीलाई पटक-पटक बलात्कार गर्दै गर्भवती बनाउने नरपिचास दाई

एजेन्सी, २० मंसिर । कलियुग मानिसहरु बौलाउँछ भन्थ्ये बुढापाकाहरुले । अहिले आएर सत्यसावित भईरहेको छ । आफ्नै बहिनीलाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । सुन्दा नै अचम्म लाग्ने यो घटना मलेसियाको हो । आफ्नै १३ वर्षीया बहिनीलाई पटक-पटक बलात्कार गरेर गर्भवती बनाएको आरोपमा १६ वर्षका दाईलाई प्रहरीले पक्राउ गरेको हो ।

पिताले जब आफ्नो १३ वर्षीया छोरीलाई बिरामी भएको भन्दै अस्पताल लगे तब उनको होसहवास उड्यो । छोरीको उपचारको लागी अस्पताल पुगेका ति पितालाई डाक्टरले उनकी छोरी ७ महिनाकी गर्भवती भएको बताएका थिए । डाक्टरको कुरा सुनेपछि उनले यो घटना कसरि भयो पत्ता लगाउन सकेनन् ।

त्यसपछि उनले अस्पतालबाट छोरीलाई घरमा लिएर गए । यो परिवारको सदस्यको नाम भने खुलाइएको छैन । जब घर लगेर किशोरीसँग सोधपुछ गरे त्यसपछि झन आश्चर्यजनक कुरा खुलासा भयो ।

उनलाई गर्भवती बनाउने उनको आफ्नै १६ वर्षका दाजु थिए । दाजुले आफुलाई एक वर्ष पहिलेदेखि अहिलेसम्म १० पटक बलात्कार गरिसकेको उनले खुलासा गरेकी छिन् । किशोरीको दाईले आमा(बाबु घरमा नभएको बेला आफ्नो बहिनीलाई बलात्कार गर्ने गरेको खुलासा भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org