ताजा समाचार

आफ्नी छोरीसँग कुरा गरेको भन्दै करेन्ट लगाएर छिमेकीका छोराको हत्या

एजेन्सी, २० मंसिर । छिमेकीका छोरीसँग कुरा गरेको भन्दै कक्षा ७ मा पढ्दै गरेका एक विद्यार्थीको हत्या गरिएको छ । भारतको भागलपुरमा कक्षा सातमा पढ्दै गरेका शिवम कुमारलाई छिमेकीले बिजुलीको करेन्ट लगाएर हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शिवमलाई आफ्नो घर बोलाएर बिजुलीको करेन्ट लगाएर हत्या गरेको प्रहरीले जनाएको छ । उक्त हत्यालाई आत्महत्याको रुप दिन आरोपितहरुले शिवमको शवलाई उसको घरमा लगेर सिलिङ फ्यानमा झुण्ड्याएका थिए । फ्नायमा झुण्ड्याएर आरोपित परिवार घरमा ताला लगाएर फरार भएका छन् ।

किन गरियो हत्याः


आरोपित परिवारले आफ्नो छोरी र शिवमबिच अफेयर रहेको शंकाको आधारमा यसअघि पनि मार्ने धम्की दिएका थिए । दुवै नावालिग अवस्थामा रहेका उनीहरुबीच अफेयर चलिरहेको आशंकामा आरोपितहरुले शिवमको घरमै आएर धम्की दिएका थिए ।

बच्चैदेखिका अति नै मिल्ने साथी रहेका उनीहरुबीच लभ अफेयर रहेको र आफ्नो छोरालाई सुधार्न नत्र जे पनि हुने भन्दै धम्की दिएको केहि दिनमै शिवमको हत्या गरिएको शिवमका बुबाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org