ताजा समाचार

यी हुन्, आफ्नो पेन्टी र ब्रा राम्रोसँग नधोएको भन्दै पतिसँग डिभोर्स गर्ने महिला

एजेन्सी । संसारमा दिनप्रतिदिन अनौठा घटनाहरु सार्वजनिक भईरहेका छन् । जुन सुन्दा कोही अचम्ममा पर्छन्, त कोही मुर्छा परेर हास्छन्, भने कोही रुने पनि गर्दछन् । यस्तै एक अनौठो घटना सार्वजनिक भएको छ, जुन थाहा पाउँदा आश्चर्य मान्नुको विकल्प हुनेछैन ।

आफुले लगाएको ब्रा र पेन्टी राम्रोसँग नधोएको भन्दै श्रीमानसँग डिभोर्स नै गरेकी छन् । घटना विश्वासै गर्न गाह्रोपर्ने जस्तो छ । तर महिला आफैले सोसल मिडियामा शेयर गरिसकेपछि विश्वास गर्नैपर्यो । ती महिलाका अनुसार उनका लोग्नेले अल्छी नमानीकन दुबैजनाका कपडा धुने गर्दा रहेछन् ।

लोग्नेको यस्तो सहयोगी बानी सुरुमा त ती महिलालाई निकै मन पर्यो । उनले लोग्नेको प्रसंसा खुबै गर्थिन् । तर जब उनका पतिले भित्री वस्त्र समेत वासिङ मेसिनमा हालेर धुन थाले तब विवाद सुरु भयो । भित्री वस्त्रलाई वासिङ मेसिनमा हालेर धुनाले लुगा छिटै फाट्ने भन्दै उनले लोग्नेलाई भित्री वस्त्रहरु धुनका लागि मेसिनमा नहाल्न भनिन् ।

हातैले धुनुपर्ने भनेर प्रष्ट रुपमा ट्यागमा लेखेका भित्री वस्त्रसमेत आफ्नो लोग्नेले वासिङ मेसिनमा हालेर धुन थालेपछि उनको रिसको पारो तात्यो । उनले लोग्नेलाई धेरै सम्झाइन् त्यसो नगर्नका लागि । तर उनका पति मान्नेवाला थिएनन् । जसका कारण उनले आफ्ना लोग्नेसँग डिभोर्स गर्ने निधो गरिन् ।

दश वर्षअघि बिहे गरेकी उनले ब्रा तथा पेन्टी धुने विवादका कारण लोग्नेसँग डिभोर्स गर्ने निर्णय गरेको कुरा सोसल मिडिया मम्स नेटमा सार्वजनिक गरेपछि त्यसले ठूलै बहसको सिर्जना गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org