काँग्रेस नेता केसीसँग युरोपेली प्रतिनिधिमण्डल भेट
काठमाडौँ, २० मंसिर । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीसँग युरोपेली संघको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले आज उहाँकै निवास गोंगबुमा शिष्टाचार भेट ग¥यो । युरोपेली सांसद नीना गिलले नेतृत्व गरेको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पर्यवेक्षणको सिलसिलामा सरोकारवाला पक्षसँगको भेटघाट गर्ने क्रममा पूर्वमन्त्री एवं काँग्रेस नेता केसीसँग भेटेको हो ।
यसअघि सो प्रतिनिधिमण्डलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आजै भेट गरेको र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट्ने कार्यक्रम रहेको सो प्रतिनिधिमण्डलमा संलग्न सोनी राजभण्डारीले जानकारी दिनुभयो । सो अवसरमा प्रतिनिधिमण्डल प्रमुख गीलले समावेशी प्रजातन्त्र, मानवअधिकार र नेपालको पछिल्लो राजनीतिक स्थितिबारे जिज्ञासा राख्दै संसदीय मूलधारमा आइसकेको वाम गठबन्धन र नेपाली काँग्रेस पार्टीबीचको भिन्नताका बारेमा जानकारी माग्नुभएको थियो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता पालना भए नभएको विषयमा ध्यानाकर्षण गर्दै गिलले निर्वाचनपछि चुनावी परिणाम र नेपालको भावी मार्गचित्रबारे जिज्ञासा राख्नुभयो । काँग्रेस नेता केसीले निर्वाचन आयोगलाई साधनस्रोत सम्पन्न गरी अझ जवाफदेही र विश्वसनीय बनाउनुपर्नेमा जोड दिँदै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना हुन नसकेको तथा सिद्धान्त र निष्ठाको राजनीति समाप्त हुन लागेको भनी चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले संसदीय व्यवस्था स्वीकार गरी निर्वाचन प्रक्रियामा समावेश भएको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले संवैधानिक व्यवस्था विपरीत अहिले राष्ट्रपतीय प्रणालीको वकालत गर्न थाल्नु राजनीतिक बेइमानी हो भन्नुभयो । काँग्रेस नेता केसीले वाम गठबन्धनसमेतको सक्रिय सहभागितामा ल्याइएको विद्यमान संविधानलाई कार्यान्वयन लानुपर्ने समयमा नेतृत्व तहबाटै राष्ट्रपतीय प्रणाली कायम गर्ने र आगामी ५० वर्षसम्म एकछत्र शासन गर्ने भनाइ आउन थाल्नु नेपाल र नेपालीको लागि दुर्भाग्य भएको पनि बताउनुभयो ।
लोकतन्त्र, मानवअधिकार, वाक् स्वतन्त्रताजस्ता विषयमा काँग्रेसले कहिल्यै कसैसँग सम्झौता नगर्ने स्पष्ट गर्दै उहाँले भन्नुभयो – “संक्रमणकालीन अवस्थाको अन्त्यसँगै विकास र समृद्धिका पक्षमा काँग्रेसले घोषणापत्र ल्याएको छ । देशभित्र लगानी अनुकूल वातावरण बनाउँदै स्वदेशी र विदेशी पूँजी आकर्षण गरी आमजनताको जीवनस्तर सुधार गर्न काँग्रेस संकल्पित छ । रासस
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...