ताजा समाचार

यी हुन्, २९ लाख डलरमा आफ्नो कुमारीत्व बेच्ने घोषणा गर्ने अमेरिकी मोडल

एजेन्सी, २० मंसिर । एक अमेरिकी मोडलले आफ्नो कुमारीत्व बेच्ने घोषणा गरेकी छन् । १९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख डलरमा कुमारीत्व बिक्री गर्ने घोषणा गरेकी हुन् । कुमारीत्वको बिक्रीबाट आएको उक्त रकम उनले आफ्नो अध्ययन तथा भ्रमण खर्चका लागि लगानी गर्ने बताएकी छन् ।

कुमारीत्व बिक्रीसम्बन्धी कार्यरत एक सिन्ड्रेला एस्कोट नामक जर्मनी वेबसाइटमार्फत् उनले यस्तो घोषणा गरेकी हुन् । कुमारीत्व बिक्रीको घोषणा पश्चात् गिसेलाले आफूले यसबाट यति धेरै रकम आउने नसाचेको बताएकी दी मिररमा उल्लेख गरिएको छ ।

आबुधावीका एक व्यापारीले ३० करोड १६ लाख रुपैयाँ तिर्न मन्जुर भएका थिए । क्रेताका रूपमा रूसी नेताले पनि इच्छा व्यक्त गरेका छन् । उक्त कुमारित्वको लिलामीमा एक हलिउड कलाकारसमेत सहभागी थिए, जसमा उनी २९ करोड १२ लाख रुपैयाँ तिर्न तयार थिए ।

उनका अनुसार कुमारीत्व बिक्री कार्य उनको स्वतन्त्रता हो । उनले आफ्नो स्वतन्त्रताको उपयोग गरेकाले यसको आलोचना गरिनु आवश्यक नरहेको बताएकी छन् । उनी भन्छिन् यो मेरो प्रेम होइन निर्णय मात्रै हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org