ताजा समाचार

भोट हाल्न जानु अघि गगन थापादेखि माधवकुमार नेपालसम्मका उम्मेदवारले के गरे ?

काठमाडौं, २१ मंसिर । आज दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन भईरहेको छ । अहिले सम्म सबै ठाउँमा शान्तिपूर्णरुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारहरु पनि मतदान गर्न मतदान केन्द्रसम्म पुगेका छन् ।

भोट हाल्न जानु अघि कोही पुजा गर्न मन्दिर पुगेका छन् त कसैलाई छोरी शुभकामना दिएका छन् । काठमाडौं क्षेत्र नम्बर २ का एमाले उम्मेदवार माधवकुमार नेपाल बहिनी बसुधा पोखरेलको हातबाट टिका लगाएर भोट हाल्न पुगेका छन् ।

यस्तै काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार गगनकुमार थापालाई भोट हाल्न जानु अघि छोरीहरुले शुभकाना दिएका छन् । ललितपुर १ का कांग्रेस उम्मेदवार उदयशम्शेर राणा बज्रबारही मन्दिरमा पुजा गरेर भोट खसाल्न पुगेका छन् । त्यस्तै अन्य शीर्ष तथा चर्चित नेतादेखि उम्मेदवारहरुले कसैले मन्दिरको पूजा गरेर मतदान गरेका छन्, कसैले शुभसाईतमा मतदान गरेका छन् ।

अहिलेसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता कृष्ण महरा, लेखराज भट्ट, बीना मगर लगायतका शीर्ष नेताहरुले मतदान गरिसकेका छन् । त्यस्तै एमालेका पूर्वप्रधमनमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, एमाले उपमहासचिव विष्णु पौडेल, नेताहरु रबीन्द्र अधिकारी, राजन भट्टराई लगायतले समेत मतदान गरिसकेका छन् । त्यस्तै नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेल, शेखर कोईराला, प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरुले समेत मतदान गरिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org