श्रेष्ठलाई खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर
काठमाडौँ, २३ मंसिर । नेकपा एमालेका क्रियाशील सदस्य जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर प्राप्त गर्नुभएको छ । यही मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार भई निर्वाचित हुनुभएको छ । उहाँले १३ हजार ३९७ मत प्राप्त गरी संसद्मा प्रवेश गर्नका लागि जनादेश पाउनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रमा विसं २०६४ र २०७० बाट निर्वाचित जोशी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।
विसं २०२२ पुस १५ गते काठमाडौँमा जन्मनुभएका श्रेष्ठले विसं २०४२ देखि नेकपा मालेमा प्रवेश गरेर राजनीति शुरु गर्नुभएको हो । उहाँ २०७० मा भएको दोस्रो संविधानसभाको चुनावमा जोशीको निकटतम प्रतिद्वन्द्वी हुनुभएको थियो ।
तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको स्थापना हुँदा श्रेष्ठ सदस्य, केन्द्रीय सचिव, विदेश विभाग प्रमुख हुँदै केन्द्रीय उपाध्यक्षसम्म बन्नुभएको थियो । नेकपा एमालेको बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले उहाँलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको थियो ।
उहाँले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा विसं २०५३ र २०६४ मा गरी दुई पटक जिम्मेवारी वहन गरिसक्नुभएको छ । अहिले उहाँ नेपाल ओलम्पिक कमिटीका अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ । काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाका ४ र ५ वडासमेत उक्त क्षेत्रमा पर्छ । विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य तथा जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, जनकनन्दिनी सीताले टेकेको पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको त्यस क्षेत्रमा श्रेष्ठ निर्वाचित भएको खबर आएपछि विजय जुलुस शुरु भएको छ ।
श्रेष्ठले आफू निर्वाचित भएपछि रासससँग कुरा गर्दै उक्त क्षेत्रलाई सम्पदास्थलका रुपमा विकास गर्नाका साथै भूकम्पले भत्किएका सम्पदास्थल तथा भूकम्पबाट धरापमा परेका निजी घरको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।
संयुक्त वाम गठबन्धनको घोषणापत्रलाई कार्यान्वयन गर्ने सन्दर्भमा आफूले भूमिका निर्वाह गर्ने बताउँदै उहाँले स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका परियोजना उपलब्ध गराइने वचन दिनुभयो । नेता श्रेष्ठले खेलकुद क्षेत्रको विकासमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रबाट सहयोग जुटाउने बताउँदै नेपाल ओलम्पिक कमिटीका नेतृत्वमा डल्लु आवासमा करिब रु पाँच करोडको लागतमा कभर्ड हल निर्माण गरिने पनि जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...