ताजा समाचार

पर्यटन व्यवसायीलाई फोटोग्राफी तालीम

 

पोखरा, २५ मंसिर । नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयले पर्यटन व्यवसायीलाई फोटोग्राफी र भिडियोग्राफी सम्बन्धमा तीन दिने तालीम दिएको छ । गत शुक्रबारदेखि सञ्चालित तालीममा पोखरा र आसपासका क्षेत्रमा घरबास कार्यक्रम सञ्चालन गर्ने व्यवसायी, होटल व्यवसायी तथा पदयात्रा पर्यटन सञ्चालन गर्दै आएका गरी ३५ जनाको सहभागिता रहेको नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिनुभयो ।

प्रत्येक पर्यटक आफैँमा पर्यटनको सम्वाहक भएको बताउँदै उहाँले पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीका लागि फोटोग्राफी एवं भिडियोग्राफी तालीम आवश्यक रहेको महसुस गरी तालीम प्रदान गरिएको बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org