ताजा समाचार

जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिए : ‘प्रचण्ड’

चितवन, २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताउनुभएको छ । आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम गठबन्धनको सरकारले पाँच वर्षमा धेरै काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले अब देश समृद्धितर्फ अघि बढेको बताउनुभयो । वाम सरकारले पाँच वर्षमा राम्रा काम गर्न सके ५० वर्ष देशमा वामपन्थीले शासन चलाउने अध्यक्ष दाहालको भनाइ थियो । उहाँले देशको भौतिक विकास र जनताको जीवनस्तर विकास अहिलेको मुख्य काम रहेको बताउनुभयो । सरकार गठन अघिनै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको पहल हुने दाहालले बताउनुभयो । आफू काठमाडौँफर्किएलगत्तै पार्टी एकता समन्वय समितिको बैठक राखी यसलाई टुङग्याउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– “पार्टी एकताका विषयमा कुनै आशंका नराख्नुस्, यो आशंका इतिहास बन्छ ।” अब देशको भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा छलफलबाट टुंगो लाग्ने उहाँको भनाइ थियो । ठूलो पार्टीको हिसाबले केपी ओलीको दाबी हुनु स्वभाविक रहेको बताउँदै पार्टीका शीर्ष नेता हार्नुका कारण खोजिने र मिलाएर लैजाने उहाँले बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org