ताजा समाचार

आयु समाप्त हुनैलाग्दा कामचलाउ सरकारद्वारा धमाधम कार्यकर्तालाई राजनीतिक नियुक्ति

काठमाडौं, २५ मंसिर । बिदा हुनैलाग्दा कामचलाउ सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ ।मन्त्रिपरिषदको सोमवार बसेको बैठकले सन्चार मन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको हो ।

बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । पौडेल गोपाीकृष्ण भूमिजकी सन्चालक हुन् । उनका पिता उद्धब पौडेल राप्रपाका नेता समेत हुन् । त्यस्तै गोरखापत्र संस्थानको महाप्रबन्धकमा कांग्रेस कार्यकर्ता बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरिएको छ । उपाध्याय गोरखापत्र संस्थानकै कर्मचारी पनि हुन् ।

बस्नेतले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पनि कामिनी राजभण्डारीलाई हटाएर अनिल झालाई नियुक्ति गर्न प्रस्ताव लगेका थिए । तर सो प्रस्ताव भने सोमवारको बैठकमा निर्णय भएको छैन ।

त्यस्तै दुई सहायक रथी र एक प्राविधिक उपरथीको पदावधि पनि थप गरेको छ । सन्चार मन्त्री बस्नेतले भने, ‘क्याबिनेटको बैठकमा आज खासै निर्णय भएन, यिनै सामान्य पदावधि थप्ने निर्णय भयो,’ उनले थपे, ‘मन्त्रालयका विदेश भ्रमणका प्रस्तावहरुलाई अनुमोदन गरिएको छ।’

आर्थिक चलखेलमा बिकास बोर्डको अध्यक्ष नियुक्त गरिएको स्रोतको भनाई छ । नयाँ सरकार गठनको लागि जनताले म्याण्डेट दिइसकेको अवस्थामा भएका नियुक्ति आउने सरकारले बदर गर्ने एमाले नेता सुवास नेम्वाङले बताए । नेम्वाङले भने, यदि सरकारले नयाँ नियुक्ति गरेको हो भने त्यो भन्दा लज्जास्पद केही हुदैन । यस्ता निर्णय आउने सरकारले मान्नुपर्छ भन्ने छैन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org