ताजा समाचार

पुत्र वियोगको पीडामा रहेका प्रचण्डलाई चितवनवासीको सरप्राईज, प्रकाश सम्झिदै भक्कानिए

चितवन, २५ मंसिर । पुत्र वियोगको पीडामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सोमबार चितवनबासीले ‘सरप्राईज’ नै दिए । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएका प्रचण्डलाई विजयी गराउँदै चितवनवासीले ‘सरप्राईज’ दिएका हुन् । २०११ मंसिर २६ गते अर्थात आजकै दिन जन्मिएका प्रचण्डलाई जनताले जन्मदिनको उपहारमा राम्रै सरप्राईज नै दिएका हुन् ।

प्रचण्ड ९ हजार ३२७ मतान्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९४२ मत ल्याउँदा प्रचण्डले ४८ हजार २६९ मत ल्याएका थिए । यतिबेला प्रचण्ड परिवारमा एकातिर खुशीको वाहार आएको छ भने अर्कोतिर आफ्ना एकमात्र पुत्र गुमाएको पीडा छ । प्रचण्डकी कान्छी बुहारी एवं प्रकाश दाहालकी श्रीमती विना मगर पनि कञ्चनपुर क्षेत्र नम्बर १ बाट सांसदमा निर्वाचित भएकी छन् ।

प्रचण्ड परिवारमा ससुरा बुहारी दुवै विजयको उत्सव नै छ तर प्रकाशको अभावमा उनीहरुको विजय उत्सवलाई मनाउन सकेका छैनन् । प्रचण्डले चुनाब जिते पनि विजयमा छोरा प्रकाश नहुदा रमाउन सकेका छैनन् । निर्वाचनमा विजय भए पनि प्रचण्ड र उनको परिवारले एक्लो पुत्र प्रकाशको अभाव महशुश गरेका छन् ।

विजय घोषणा लगत्तै परिवारसँगको जमघटमा प्रचण्ड र उनको परिवार खुसी देखिएको छैन। मंशिर ३ गते प्रकाशको निधन भएको थियो । अहिले सम्म प्रचण्ड परिवार शोकमै छन्। प्रचण्डले चुनाव जितेपछि प्रकाशका जेठा छोरालाई चुम्बन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org