ताजा समाचार

जापानको चर्चित पत्रिकाले लेख्योः ओली नेपालमा मात्र नभई एसियाकै उत्कृष्ट नेता

काठमाडौं, २६ मंसिर । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै देश नयाँ युगमा प्रवेश गरेको छ । मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएको छ ।

जसले गर्दा देशको राजनीतिमा नयाँ तरगं पैदा भएको चुनाव लगत्तै पार्टी एकिकरण गर्ने बाँचा गरेर चुनावमा होमीका दुई पार्टीलाई जनताले स्पष्ट बहुमत दिएका छन् । देशको विकास र समृद्धको लागि भन्दै जनताले वाम गठबन्धनलाई दुई तिहाई बहुमत दिएका हुन् ।

यतिबेला दुई पार्टीका शीर्ष नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सर्वाधिक चर्चामा छन् । चुनावी तालमेल गरेर चुनावी होमिएकै समय चीनले प्रचण्डलाई राजनेताको संज्ञा दिएको थियो । देश विकास र परिवर्तनको संम्बाहक भएको भन्दै चिनियाँ कम्न्युष्ट पार्टीले प्रचण्डलाई नेपालको राजनेता भनेको थियो ।

यतिबेला वाम गठबन्धनकै अर्का नेता एव्म एमाले अध्यक्ष केपी ओलीलाई जापानले एसियार्क उत्कृष्ट नेता मानेको छ । जापानको एक चर्चित पत्रिकाले पूर्व प्रधानमन्त्री समेत रहेका ओली एसियाकै उत्कृष्ट नेताको संज्ञा दिएको हो । पत्रिकाले भनेको छ, एमाले अध्यक्ष ओली राष्टि«यता र देशप्रतिको मायामा एसियाकै उत्कृष्ट मध्येका एक नेता हुन्, उनकै नेतृत्वशैलीका कारण नेपालको ऐतिहासिक चुनावमा पार्टीले बहुमत र बामगठबन्धनले दुईतिहाई ल्याएको छ। भावी प्रधानमन्त्रीमा पनि ओलीकै चर्चा रहेको कुरा पनि पत्रिकाले समावेश गरेको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org