ताजा समाचार

भित्रीवस्त मात्र लगाएर केराएको आरोपमा पप स्टारलाई २ वर्षको जेल

एजेन्सी, २७ मंसिर । भित्रीवस्त मात्र लगाएर केरा खाएको आरोपमा एक पप गायिकालाई दुई वर्षको जेल सजाय सुनाईएको छ । इजिप्टको अदालतले पप गायिका २५ वर्षीया शायमा अहमदलाई एक म्युजिक भिडियोमा भित्रीवस्त्र मात्र लगाएर केरा खाइरहेको देखिएपछि जेल सजाय तोकिएको हो ।

उनलाई अघिल्लो महिना पक्राउ गरिएको थियो । उनीमाथि आरोप थियो कि उनको म्यूजिक भिडियो अश्लील र उत्तेजना भड्काउने खालको छ । स्थानीय मिडियाका अनुसार मंगलबार सायमालाई अश्लील भिडियो बनाएको आरोपमा दोषी पाइयो ।

अदालतले यस भिडियोका निर्देशकलाई पनि दुई वर्षको जेल सजाय तोकेको छ । यद्यपि, गिरफ्तारी अघि नै सायमाले यस विषयमा माफी मागी सकेकी थिइन् । उनले आफ्नो फेसबुक पेज (यो अहिले डिलिट भइसकेको छ) मा लेखेकी थिइन्, ‘मैले कहिले पनि सोचिन कि यस्तो हुनेछ र मैले मानिसहरुको यस्तो हमलाको सामना गर्नुपर्नेछ ।’

शायमा अहमद आफ्नो म्युजिक भिडियोमा उत्तेजक तरिकाले फल खाइरहेको देखाइएको थियो । भिडियोमा उनले वयस्क छात्रहरुले भरिएको एउटा कक्षामा पढाउँदै गरिएको खेलाइएको थियो । इजिप्टको जनता र सरकारलाई शायमाको फल खाने तरिका अश्लील र समाजको लागि हानिकारक लाग्यो । त्यसपछि उनलाई पक्राउ गरियो । यसको साथै उनलाई कतै पनि प्रस्तुति दिन रोक लगाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org