वाम र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको जमानत जफत
चितवन, २९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लामा उम्मेदवार बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभामा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ४२ जनाले उम्मेदवारी दिएका थिए । छ वटा प्रदेशसभाका लागि ५३ जनाको उम्मेदवारी परेकामा ३७ उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् ।
चितवनमा विजयी भएका र निकटतम प्रतिद्वन्द्वी रहेका कूल १८ जना बाहेक एक हजारभन्दा बढी मत ल्याउने उम्मेदवारको संख्या चार रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभामा १३ उम्मेदवार रहेकामा सात उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् । उनीहरुमध्ये तीनजना स्वतन्त्र हुन । क्षेत्र नं १ प्रदेश ‘क’ र प्रदेश ‘ख’ मा १०/१० जना उम्मेदवार थिए । प्रदेश ‘क’ मा पाँचजना र प्रदेश ‘ख’ मा तीनजना उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् ।
क्षेत्र नं २ मा १५ जना उम्मेदवार रहेकामा आठजनाले १०० भन्दा कम मत ल्याएका छन् । एक सयभन्दा कम मत ल्याउनेमा तीन जना स्वतन्त्र छन् । क्षेत्र नं २ प्रदेश ‘क’ मा नौ र प्रदेश ‘ख’ मा १० जना उम्मेदवार रहेकामा ‘क’ मा तीन र ‘ख’ मा तीन जनाले एक सयभन्दा कम मत ल्याएका छन् । क्षेत्र नं ३ मा प्रतिनिधिसभामा १४ उम्मेदवार रहेकामाा चार स्वतन्त्रसहित पाँचजना उम्मेदवारको मत एक सयभन्दा कम आएको छ । दुई जनाले १०० मत कटाएका छन् । स्वतन्त्र उम्मेदवार हरिप्रसाद दाहालको ३५५ र प्रवेश अधिकारीको १४० मत आएको छ ।
क्षेत्र नं ३ प्रदेश ‘क’ मा १ र प्रदेश ‘ख’ मा सात सातजना उम्मेदवार चुनावी मैदानमा थिए । प्रदेश ‘क’ मा दुईजना तथा प्रदेश ‘ख’ मा एकजनाले एक सयभन्दा कम मत ल्याएका छन् । कूल २२ जना उम्मेदवारको मात्रै एक हजार मत कटेको छ । जसमा विजयी र निकटतम प्रतिद्वन्द्वी उम्मेदवार बाहेकका चारजना रहेको निर्वाचन कार्यालयले जनाएको छ । वाम र लोकतान्त्रिक गठबन्धन बाहिरका विवेकशील साझा र मालेका उम्मेदवारले मात्र एक हजारभन्दा बढी मत ल्याएका छन् । रासस
Comments
अरु समाचार
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे...
-
राष्ट्रपति भने-चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ
काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...