ताजा समाचार

जाडोमा सुख्खा हुने अनुहारमा कसरी चमक ल्याउने ?

काठमाडौँ, २९ मंसिर । राति सुत्नुभन्दा पहिले दूधको तर मुहार तथा हात–खुट्टामा दल्नुपर्छ । बदाम, बटर र चन्दन पाउडर मिसाएर प्याकका रूपमा लगाउनुपर्छ ।केही बदाम भिजाएर बोक्रा निकाली त्यसको पेस्ट बनाउनुपर्छ । त्यसपछि यसमा एक चम्चा सुन्तला र गाजरको रस तथा दूध मिसाउनुपर्छ । यसलाई मुहार एवं गर्दनमा प्रयोग गर्न सकिन्छ ।

जाडोमा छालाको सफाइमा त्यति ध्यान जाँदैन जति गर्मीमा जान्छ । क्लिन्जिङ गरेपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । सकेसम्म हर्बल प्रोडक्ट प्रयोग गर्नुपर्छ । जाडोमा छालाका लागि भिटामिन इ ओओयल तथा अरोमेटिक ओओयल लाभदायक हुन्छन् । यसबाहेक निम्न घरेलु उपाय पनि अपनाउन सकिन्छ ।ग्लिसरिन, हनी र बटर मिसाएर लोसनका रूपमा प्रयोग गर्नुपर्छ ।महमा पर्याप्त मोइस्चराइजर हुन्छ ।

मह रुखो छालाका लागि वरदान साबित हुन्छ । फेसप्याक बनाउँदा वा मालिस गर्दा एक चम्चा मह मिसाए छालामा चमक आउँछ ।एउटा सानो चम्चा दूध पाउडर, एक चम्चा बेसन तथा दुई चम्चा गुलाबजल मिसाएर मुहारमा लगाई सुकेपछि पखाल्नुपर्छ । एउटा सानो चम्चा मह, दुई चम्चा बेसन, एक चम्चा दूधको तर मिसाएर प्रयोग गर्दा छाला कोमल एवं नरम रहन्छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org