ताजा समाचार

बस दुर्घटनामा परी एकको मृत्यु

 

 

धनगढी, २ पुस । टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली रिभर यातायातको से १ ख ११९२ नंको यात्रुवाहक बस आज पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको राजीपुर सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको अर्को बसलाई बाटो दिने क्रममा अनियन्त्रित भई सडकमै पल्टिँदा ठेगाना खुल्न नसकेका सोही बसका सहचालक १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार छ जना घाइते भएकामा स्थानीय पद्मा अस्पतालमा उपचार भइरहेको छ । यस्तै कैलालीको घोडाघोडी नगरपालिका–९को फाराम गाउँको एक कच्ची घरमा गए राति आगलागी हुँदा जलेर ७५ वर्षीया मन्धरा धामीको मृत्यु भएको छ । आगलागी हुँदा घरमा उहाँबाहेक अन्य कोही थिएनन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org