ताजा समाचार

सिंहदरबारबाट चोरी भएको सरकारी गाडीको टायर ललितपुरमा भेटियो, ड्राइभरकै संलग्नता

काठमाडौं, २ पुस । सिंहदरबार भित्रैबाट चोरी भएको सरकारी गाडीको टायर ललितपुरको एक सर्भिस सेन्टरमा भेटिएको छ । शुक्रबार स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा १ झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीको चारवटै टायर चोरी भएको थियो ।

चोरी भएका टायरहरु ललितपुरको यूएन पार्क नजिक बारही टायर सर्भिस सेन्टरमा भेटिट्एका हुन् । साथै, टायर चोरीमा सिंहदरबारस्थित सरकारी कार्यालयकै ड्राइभरको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार सिंहदरबारभित्रै पार्किङ गरेका थिए । तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको श्रेष्ठले बताए । घटना सार्वजनिक भएको केही घन्टामै प्रहरीले चोरी भएको टायर ललितपुरको यूएन पार्क नजिक बारही टायर सर्भिस सेन्टरमा भेट्टाएको हो ।

स्थानीय विकास वित्तिय सुधार आयोगका सवारी चालक चन्द्रबहादुर मुक्तानले टायर चोरी गरेको खुलेको महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर भोजराज पाण्डेले जानकारी दिए । अहिले चालक मुत्तान फरार भएका छन् । उनको खोजी भइरहेको छ ।

प्रहरीका अनुसार रातको समयमा टायर खोलेको र विहान ७ बजे लगेको अनुसन्धानबाट खुलेको छ । चोरीमा प्रयोग भएको जग सर्भिस सेन्टरबाट लगेको खुलेको छ । प्रहरीले सर्भिस सेन्टरका जमलबहादुर मगरलाई पक्राउ परेको छ । चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org