शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै
चितवन, २ पुस । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी बनेको हो । जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यालयकोे तथ्याङ्कअनुसार जिल्लाभर अहिले ९०२ घर परिवारका ७८ हजार ५३६ जनाले स्वास्थ्य बीमा गरेका छन् । उनीहरुमध्ये शहरी क्षेत्रका जनता धेरै रहेको उक्त कार्यालयका प्रबन्धक सिर्जना पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार भरतपुर महानगरपालिकाका ४३ हजार ९९९, खैरहनी नगरपालिकाका आठ हजार ८३४, रत्ननगर नगरपालिकाका ११ हजार ३४१ जनाले स्वास्थ्य बीमा गरेका छन् । यस्तै कालिका नगरपालिकाका पाँच हजार ९९, माडी नगरपालिकाका तीन हजार ४३६ र इच्छाकामना गाउँपालिकाका ५६९ जनाले स्वास्थ्य बीमा गरेका छन् । कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका ग्रामीण क्षेत्रमा पर्छ । शहरी क्षेत्रमा शिक्षित परिवारको बसोबास भएका स्थानमा बढी मात्रामा बीमाको कार्यक्रम प्रभावकारी बन्दै गएको प्रबन्धक पौडेलले बताउनुभयो ।
बीमा कार्यक्रमको प्रभावकारिताबारे ग्रामीण क्षेत्रमा जानकारी गराउन नसक्दा ती क्षेत्रमा कार्यक्रम कम प्रभावकारी भएको उहाँले जानकारी दिनुभयो । शिक्षित वर्ग यस कार्यक्रमप्रति सकारात्मक र सहयोगी बनेकै कारण शहरी क्षेत्रमा यसको प्रभावकारिता बढेको हो । पौडेलका अनुसार यो कार्यक्रम लागू भएयता बीमा गरेर सेवा लिनेको संख्या १४ हजार २०६ पुगेको छ । उनीहरुले विभिन्न अस्पतालमार्फत उपचार गराई बीमा रकम दाबी गरी लिएका छन् । बीमा गरेकाले उपचार सेवा र ९२८ प्रकारका औषधि पाउनेछन् ।
कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले वार्षिक दुई हजार ५०० बीमा शुल्क भुक्तानी गरेपछि रु ५० हजारसम्मको उपचार सेवा पाउनेछन् । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रु १० हजारसम्मको उपचार सेवा थपिनेछ । यो कार्यक्रमको अधिकतम सीमा रु एक लाख तोकिएको छ । जिल्लामा सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर, खैरहनी, जुटपानी र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, रत्ननगर बकुलहर अस्पताल, बघौडा अस्पताल, गुञ्जमान सिंह अस्पताल र भरतपुर आँखा अस्पतालबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ । रासस
Comments
अरु समाचार
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...