ताजा समाचार

मुम्बईको एक पसलमा आगलागी हुँदा भित्र सुतिरहेका १२ जनाको मृत्यु

मुम्बई, ३ पुस । भारत मुम्बईको एक पसलमा आगलागी हुँदा १२ जनाको ज्यान गएको छ । सोमबार बिहान मुम्बईको साकी–नाका क्षेत्रको खेरानी रोडमा रहेको पसलमा आगलागी भएको हो । बिहान साढे ४ बजे लागेको आगोका कारण पसल भित्रै सुतिरहेका १५ कामदार मध्ये १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । तीनजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीका कारण पसलको एकभाग जलेर नष्ट भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org