ताजा समाचार

यी हुन्, संसारकै खतर्नाक देश, जहाँ बलात्कारको सजाय एकदमै क्रूर तरिकाले दिइन्छ

एजेन्सी, ३ पुस । विश्वमा दिनप्रतिदिन बलात्कारका घटना बढ्दै गएका छन् । बलात्कारलाई हरेक देशमा अछ्म्य अपराध मान्दै आएपनि यसको न्यूनिकरण हुन सकिरहेको छैन् । विश्वमा कैयौं देशहरुले बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरेका छन् । तरपनि यस्ता घटनामा कमी आएको छैन् । बलात्कारिलाई देश अनुसार फरक-फरक तरिकाले क्रुर सजाय दिने गरिन्छ ।

निकै क्रुर सजाय दिइए पनि बलात्कारको घटना भने दिनानुदिन बढ्दै गइरहेको छ । बलात्कार जस्तो जघन्य अपराध रोक्न संसारभरका सरकार तथा अधिकारकर्मी लागि परेका छन् । अमेरिका तथा युरोप जस्तो विकशित मुलुकमा पनि बलात्कारको घटना दिनानुदिन बढ्दै गइरहेको छ ।

यौन दुव्र्यवहारलाई संसारभरिनै जघन्य अपराधमा लिने गरिन्छ । यस्ता अपराधलाई देशै पिच्छे फरक फरक सजाय दिने गरिन्छ । यी हुन्, सबैभन्दा क्रुर तरिकाले बलात्कारिलाई सजाय दिइने ५ देशहरुः

१. साउदी अरेवियाः

बलात्कारीलाई सजाय दिन साउदीमा अत्यन्तै कडा कानुन बनाईएको छ । बलात्कारीलाई सजायको रुपमा सार्वजनिक ठाउँमा र्कोराले हानेर बेहोस गरी हत्या गरिन्छ ।

२. चीनः

बलात्कारका सम्बन्धमा चीनमा पनि अत्यन्तै कडा कानुनको व्यवस्था छ । बलात्कार गरेको व्यक्तिलाई चीनमा सजाय स्वरुप फाँसी र कोहिकोही अंगभंग गरिदिने गरिन्छ।

३. अफगानिस्तानः

अफगानिस्तानमा बलात्कारको अपराध निकै नै कम हुने गर्छ । किनकी यहाँ अपराधीलाई पक्राउ परेको चार दिनभित्र टाउँकोमा गोली हानिन्छ ।

४. फ्रान्सः


बलात्कारबाट शिकार भएको महिलाकोअवस्था हेरी १५,२० वर्ष वा आजीवन जेल सजाय हुन सक्छ ।

५. उतर कोरियाः


उतर कोरियामा बलात्कारीलाई फाईरिङ् दलद्वारा गोली हानी हत्या गरिन्छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org