ताजा समाचार

काठमाडौंको टोखामा सेनाको व्यारेक नजिकै गोली चल्यो

काठमाडौं, ५ पुुस । काठमाडौंको टोखामा गोली चलेको छ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा गोली चले जनाईएको छ । उक्त गोली कसले र कसमाथि गोली चलाइएको हो खुलेको छैन। नजिकै जंगल रहेको र त्यहीबाट आएका व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

गोली चलेको खबरलगत्तै प्रहरी परिचालन भइसकेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख रवीन्द्र धानुकले जानकारी दिए । उनले भने, ‘नजिकै सेनाको क्षेत्र पनि पर्छ,’ धानुकले भने, ‘प्रहरी घटनास्थलतिर लागिसकेको छ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org