ताजा समाचार

६० लाखको बीएमडब्लू कार किन्न ११ लाख रुपैयाँ बराबरको सिक्का ल्याएपछि…

एजेन्सी, ७ पुस । आफुले किनेको नयाँ कारको किस्ता तिर्न एक व्यक्ति ११ लाख रुपैयाँ बराबरको सिक्का लिएर आएका छन् । चीनमा नाम नखुलाईएका एक व्यक्ति आफूले किनेको नयाँ कारको पहिलो किस्ता तिर्न सिक्कै सिक्का बोकेर आएपछि कर्मचारीहरुलाई पैसा गन्न आच्छुआच्छु परेको छ ।

बाकसहरुमा भरेर ल्याइएका सिक्का कार विक्रेता कम्पनीका कामदारहरुले घन्टौं लगाएर गनेका छन् । ४ लाख यूआन अर्थात् करिब ६२ लाख रुपैयाँ मूल्यमा कार किनेर सिक्कामा किस्ता तिर्न आएका थिए ।

फुजियान प्रान्तस्थित पुटियानका बिएमडब्लु म्यानेजर मिस्टर गुले ती व्यक्ति एक होलसेल व्यापारी भएको जानकारी दिए । ‘उनले वर्षौदेखि ती सिक्का जम्मा गर्दै आएका रहेछन् । उनीसँग जम्मा ७० हजार युआन बराबरका सिक्का थिए’ गुले भने ।

कार्यालयको फ्लोरमा बसेर कम्पनीका सेल्सम्यानहरुले सिक्का गनिरहेको भिडियो बाहिर आएको छ । ग्राहकको घरमै पुगेर उनीहरुले १० बाकस सिक्का बोकेर ल्याएको बताइएको छ ।

https://www.youtube.com/watch?time_continue=13&v=I4GbtRRJB44

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org