ताजा समाचार

प्रचण्डले गरे यस्तो खुलाशा,’ओली र मैले पालैपालो पाँच वर्ष सरकार चलाउँछौ’

चितवन, ७ पुस । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको बताएका छन् । शुक्रबार प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली र आफूबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको दाबी गरे ।

‘सम्भवतः भोलि (शनिबार) एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउँछौं । ओली र मबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको हो ।’ चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएपछि पहिलोपटक जिल्ला पुगेका अध्यक्ष प्रचण्डले पार्टी एकता गर्न कुनै अप्ठ्यारो नभएको बताए ।

राष्ट्रियसभा र सरकार गठनबारे पाँच दलमा गम्भीर छलफल भएको तर, सहमति नजुटेको उनले बताए । ‘सरकार गठनका लागि कुुनै समस्या छैन निर्वाचन आयोगले पनि तयारी गर्दैछ’, अध्यक्ष प्रचण्डले भनेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै शीर्ष नेतालाई फोन गरेपछि पाँच दलको बैठक बस्नु संयोगमात्रै भएको भन्दै उनले बैठक बस्ने कुरा यसअघि नै तय भएको स्पस्ट पारे ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org