ताजा समाचार

स्तनको शल्यक्रिया गर्दा उत्तेजनामा आएका डाक्टरद्धारा महिलामाथि बलात्कार

एजेन्सी, ९ पुस । स्तनको शल्यक्रियाका लागि अस्पताल गएकी एक महिलालाई डाक्टरले बलात्कार गरेका छन् । रुसकी ३१ वर्षीया पीडित महिलाले बच्चाको स्तनपानको समय सकिएपछि चिकित्सकको मा प्लास्टिक सर्जरीका लागि गएकी थिइन् । शल्यक्रियापश्चातः महिलालाई चिकित्सकले बलात्कार गरेका हुन् ।

महिलाले स्थानीय मिडियामा आफूमाथि भएको घटनाबारे भनिन्, ‘म कोठामा एक्लै थिएँ । उ मेरो कोठामा आयो र भन्यो कि सबै ठीक छ । चाँडै नै तिमीले ठीक भएको महशुश गर्नेछौ । त्यसपछि डाक्टरले मलाई बलात्कार गर्‍यो ।’ दुई बच्चाका पिता डाक्टरले शुरुआतमा यस आरोप इन्कार गरे तर पछि भने उनले आफूले गरेको अपराधलाई स्वीकार गरे ।

डाक्टरले आफ्नो अपराधलाई स्वीकार्दै भने कि आफू महिलाको सुन्दरता देखेर उत्तेजनामा त्यस्तो अवस्था आएको बताए । उनले भने, ‘महिलाको सुन्दरता देखेर मैले आफैंलाई रोक्न सकिनँ । डाक्टरलाई ६ वर्ष जेल सजाय सुनाइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org