ताजा समाचार

नेविसंघ राष्ट्रपतिविरुद्ध सडकमा उत्रियो, ‘संविधानको रक्षा गर !’ भन्दै सम्झायो

काठमाडौं, ९ पुस । नेपाली कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) राष्ट्रपति विरुद्ध सडकमा उत्रिएको छ । नेविसंघ राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको हो । नेवि संघले आइतबार प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए । राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवेधानिक गतिरोध सृजना गर्न खोजेको नेवि संघको आरोप छ ।

राष्ट्रिय सभा गठनका विषयमा कांग्रेसले एकलसंक्रमणीय मत प्रणालीमा जानुपर्ने अडान राखेको छ । भने नेकपा एमाले त्यसको विरुद्धमा रहेको छ । जसका कारण राष्ट्रिय सभा गठन अध्यादेशको टुंगो लाग्न सकेको छैन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org