ताजा समाचार

रेशम चौधरीको ‘माननीय’ बन्ने सपनामा सर्वोच्चको रोक, अदालती प्रक्रिया अवज्ञा गर्नु दण्डनीय

काठमाडौं, ९ पुस । सर्वोच्च अदालतले प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा चुनाव जितेका राजपाका रेशम चौधरीको सांसद् बन्ने बाटो रोकेको छ । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरीलाई विजयी प्रमाणपत्र दिन निर्वाचन आयोगले अस्वीकार गरेको थियो ।

चौधरीले वारेसनामा मार्फत उम्मेदवार दर्ता गराएका थिए । भने विजयी प्रमाणपत्र पनि वारेसनामा मार्फत लिन खोजेका थिए । तर निर्वाचन आयोगले वारेसनामा मार्फत प्रमाणपत्र दिन नपाईने बताएपछि चौधरी सर्वोच्च गएका थिए । चौधरी वारेसनामा मार्फत नै सर्वोच्च अदालत गएका थिए । तर वारेसनामा मार्फत नपाईने भन्दै चौधरीको रिट दरपीठ गरेको थियो ।

सर्वोच्च प्रशासनले उनको रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुनसम्वत भएको फैसला सुनाएको छ । साथै आदेशमा टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको देखिएको फैसलामा उल्लेख छ । सर्वोच्चले भनेको छ, अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन ।’

अघि भनिएको छ, ‘अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाइ लिनुपर्ने हुन्छ । जसका लागि अदालत प्रक्रिया अपनाउनुपर्ने हुन्छ, जुन निवेदकले गरेको पाइएन ।’ अभियोग लागेका व्यक्तिले जानीजानी अदालती प्रक्रियालाई अवज्ञा गरी राज्यद्धारा प्रदान गरिने सुुविधा वा हक उपभोग गर्न गैर बाटोको प्रयोग गर्ने हो भने देशमा दण्डहिताको स्थिति सृजना हुनसक्ने सर्वोच्चको ठहर छ ।

http://news-nepal.com/710042-2/

http://news-nepal.com/714912-2/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org