ताजा समाचार

यस्तो गाउँ, जहाँ कपडा नलगाएर नांगै हुनुपर्छ, पाहुना समेत नांगै बस्नुपर्छ

एजेन्सी, १० पुस । बाच्नुमात्र पर्छ के के देख्न र सुन्न पाईन्छ । हाम्रो समाजमा कपडा नलगाएको मानिसलाई पागल वा चरित्रहिन भन्ने गरिन्छ । महिलाहरुले छोटो छोटो कपडा लगाउँदा त के के भन्छन्, पुरै नांगै भए के होला ? तर विश्वमा एउटा यस्तो गाउँ छ जँहा कसैलाई पनि कपडा लगाउन पाईदैंन् ।

गाउँले मात्रै नभई कुनै पाहुना आएमा उनीहरु पनि नांगै बस्नुपर्ने नियम छ । बेलायतको हर्ठफोर्डशायरस्थित ब्रिकेटवुडमा एउटा गाउँ छ । जँहा कसैले पनि कपडा लगाउन पाईदैंन् । उक्त गाउँका मानिस पूर्णरुपमा निर्वस्त्र रहन्छन्, त्यो पनि अत्याधुनिक जिवनशैली र ठाँटबाँटका साथ । आखिर किन यस गाउँमा मानिसहरु नांगै बस्छन् त ?

उक्त गाउँमा पछिल्लो ८५ वर्षदेखि मानिसहरु निर्वस्त्र बस्दै आएका छन् । चाहे महिला हुन् वा पुरुष । केटाकेटी हुन् वा बुढाबुढी वा तन्नेरी सबै नांगै बस्दछन् । खासमा यो गाउँमा रहेका घरहरु भाडामा लिएर बस्नका लागि पर्यटकहरु समेत यहाँ आउँदछन् । यहाँ आउने पर्यटकहरुले समेत गाउँमा रहून्जेल नांगै बस्नुपर्दछ र गाउँका अन्य नियम पनि पालना गर्नुपर्दछ ।

गाउँलेहरुको आफ्नै पव, स्मिमिङ पुल, बंगला तथा खानपिनको व्यवस्था छ । सन् १९२९ मा इसुल्ट रिचर्डसन नामक व्यक्तिले यो गाउँ पत्ता लगाएका थिए । यहाँ मानिसहरु पूर्णरुपमा प्रकृतिमा समाहित भएर बाँच्दछन् । मानिसहरुलाई ठण्डी याममा कपडा लगाउने स्वतन्त्रता चाहीँ दिइएको हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org